बैशाख ०४, २०७८, शनिबार
               

महिलामाथि दुर्वयवहारका आरोपी महाप्रबन्धक धरौटीमा रिहा

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुर्वयवहार गरेको आरोपमा पक्राउ परेका हेटौँडास्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्रबहादुर मल्ल तीन हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुर्वयवहार गरेको अभियोगमा मल्ललाई मकवानपुर प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशमा मल्ललाई धरौटीमा रिहा गरिएको हो ।

महिला कर्मचारीले आफूमाथि दुर्वयवहार भएको भनी उजुरी दिएपछि सोधपुछका लागि बोलाइएका ५८ वर्षीय मल्ललाई प्रहरीले पक्राउ गरेको थियो । 

यो पनि